काठमाडौं: नेपालमा प्रयोग भइरहेका ग्यास
सिलिडर सुरक्षित छन् वा छैनन् भन्ने छानबिन गर्न आपूर्ति मन्त्रालयले
पाँचसदस्यीय समिति गठन गरेको छ।
मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीका
अनुसार उपसचिव अर्जुनराज पन्तको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल
विभागका उपसचिव, नेपाल आयल निगमका प्राविधिक तहका एक, उपभोक्ता हित संरक्षण
मञ्चका एक र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका एक
प्रतिनिधि रहने गरी समिति गठन गरिएको हो।
समितिलाई उद्योगीले प्रयोगमा ल्याएको
सिलिन्डर प्रचलित मापदण्ड पूरा गरेको छ वा छैन भनेर दुई महिनाभित्रमा
अध्ययन र छानबिन गरी प्रतिवेदन बुझाउने जिम्मेबारी दिइएको छ।
यसैगरी अन्य मुलुकमा चलनचल्तीमा रहेका
खाना पकाउने ग्यासको पैठारी, सञ्चय, ढुवानी, ग्यास रिफिलिङको प्रविधि तथा
उद्योगले पालना गर्नुपर्ने सुरक्षाका उपायबारे कानुनी व्यवस्थाका विषयमा
अध्ययन गरी नेपालमा विद्यमान ऐनमा सुधार ल्याउन सिफारिस गर्ने जिम्मेबारी
पनि समितिलाई दिइएको छ।
खाना पकाउने ग्यासका विषयमा उद्योगीले
अपनाउँदै आएको सुरक्षाका उपायका बारेमा पनि अध्ययन गरेर तत्कालीन,
मध्यकालीन र दीर्घकालीन उपायसम्बन्धी प्रतिवेदन बुझाउन जिम्मेबारी दिँदै
मन्त्रालयले उपभोक्ताको अज्ञानता र लापरबाहीले हुने दुर्घटना शून्यमा झार्न
आवश्यक पर्ने नीतिगत व्यवस्था र कार्यान्वयनमा ल्याउनुपर्ने कार्यक्रमबारे
पनि सुझाव दिन निर्देशन दिइएको छ।
Source : www.annapurnapost.com
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.