काठमाडौँ, ८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले
आजबाट गर्न लाग्नुभएको अष्ट्रेलिया भ्रमण अन्तिम समयमा आएर स्थगित
गर्नुभएको छ ।
जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अधिवेशनलाई उद्घाटन
गर्न आज त्यसतर्फ जान लाग्नुभएका अध्यक्ष दाहालले पार्टी काम तथा राष्ट्रिय
मुद्दामा नै केन्द्रित हुनुपर्ने भएकाले भ्रमण स्थगित गर्नुभएको हो ।
अध्यक्ष
दाहालको सचिवालयका अनुसार सदनमा प्रस्तुत भएको बजेट पारित गर्नुपर्ने तथा
पार्टी काममा नै व्यस्त हुनुपर्ने भएकाले भ्रमण स्थगित भएको हो ।
अन्तिम
समयमा आएर भ्रमण स्थगित भए पनि जनप्रगतिशील मञ्चको कार्यक्रममा भने
माओवादी केन्द्रको विदेश विभागका सदस्यले सहभागिता जनाउने बताइएको छ । आजै
अध्यक्ष दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता
भएको छ । रासस
Source : www.np.sabkura.com
Post a Comment