नेपाल राष्ट्र बैंकले मूल्य वृद्धिदर क्रमिक रुपमा घट्दै गइरहेको तथ्यांक सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको
प्रतिवेदन अनुसार २०७३ वैशाख महिनामा मूल्य वृद्धि १० प्रतिशत पुगेको छ ।
जबकी २०७२ पुस महिनामा यस्तो वृद्धिदर १२.१ प्रतिशतको उच्चतम बिन्दूमा
पुगेको थियो ।
भारतीय
नाकाबन्दी खुलेर आपूर्ति सहज बनेपछि मूल्य वृद्धिदर घट्दै गएको राष्ट्र
बैंकको भनाई छ । नयाँ संविधानमा असहमति जनाउँदै भारतले लामो समय नाकाबन्दी
गर्दा बस्तुको अभाव भएर महंगी चुलीमा पुगेको थियो ।
इन्धन तथा उपभोग्य वस्तुहरुको आपूर्ति
सामान्यीकरण हुँदै गए पनि घर भाडा र शिक्षा सम्बन्धी खर्चमा वृद्धि हुन
गएकोले अघिल्लो वैशाख महिनाको तुलनामा यो वैशाखमा मूल्य वृद्धिदर केही बढ्न
गएको राष्ट्र बैंकको भनाई छ ।
वाषिर्क विन्दुगत आधारमा वैशाख महिनामा
खाद्य तथा पेय पदार्थको वृद्धिदर ९.६ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा
सेवा समूहको वृद्धिदर १०.४ प्रतिशत रहेको छ ।
यस अवधिमा दलहन तथा गेडागुडीको मूल्य
सबैभन्दा बढी २३.४ प्रतिशत र तरकारीको मूल्य २०.१ प्रतिशतले बढेको छ ।
त्यस्तै, लत्ता कपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय
पदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६.४ प्रतिशत र १५.९ प्रतिशतले वृद्धि
भएको छ ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा
अवधिमा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ११.५ प्रतिशत, पहाडमा ११
प्रतिशत, हिमालमा ९.१ प्रतिशत र तराईमा ८.६ प्रतिशत रहेको छ । अघिल्लो
वर्षको सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा ६.८ प्रतिशत, पहाडमा
७.७ प्रतिशत र तराईमा ६.९ प्रतिशत रहेको थियो ।
Source: www.onlinekhabar.com
Source: www.onlinekhabar.com
Post a Comment