Latest News

0
काठमाडौँ, ९ असार । खाद्य तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा पहिलोपटक पोषिला खाद्य परिकारका बारेमा प्रचार गर्ने उद्देश्यले यही असार १० र ११ गते भृकुटीमण्डपमा खाद्य मेला गर्ने भएको छ ।
बिहान १० देखि साँझ ६ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने उक्त मेलामा विभिन्न जातजातिका परम्परागत परिकारसहित १८ स्टल, विभिन्न सङ्घसंस्थाका जानकारीमूलक २४ स्टल तथा विभिन्न उद्योगबाट उत्पादित खाद्य वस्तु बिक्री वितरण गर्ने गरी ३६ स्टलसहित ७८ स्टल रहनेछन् ।

Image result for bhrikuti mandap food festival
मेलामा विभिन्न अनुसन्धानबाट विकसित नयाँ तथा स्वदेशी खाद्य उत्पादनको प्रवद्र्धन तथा खाद्य पोषणसम्बन्धी सूचना प्राप्त गर्न सकिनेछ । खाने बानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषणसम्बन्धी खाद्य वस्तुका परिकार प्रदर्शनी एवम् बिक्रीसमेत गरिनेछ ।
स्थानीय स्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थको उत्पादन विविधीकरण तथा पौष्टिक महत्वका बारेमा सर्वसाधारणलाई जानकारी गराउन मेला उपयोगी हुने विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताउनुभयो ।
मेलामा विभिन्न जाति, जनजातिका परम्परागत संस्कृति झल्काउने झाँकी तथा मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमसमेत गरिनेछ । ‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गराँै, असल पोषणका लागि खाने बानीमा सुधार गराँै’ भन्ने नाराका साथ सुरु हुने मेलामा कृषि उद्यम केन्द्र र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ सङ्घको समेत सहयोग रहने विभागले जनाएको छ । विभागले काठमाडौँ उपत्यकाबाहिरका केही जिल्लामा यस किसिमका प्रदर्शनी आयोजना गरिसकेको छ । रासस

Source : www.np.sabkura.com

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top