Latest News

0
एजेन्सी: फुटबलका सुपर स्टार लियोनेल मेसीको जादु ब्राजिलको रियो ओलम्पिकमा देख्न नपाइने भएको छ। अर्जेन्टिनाका प्रशिक्षकले छिमेकी देश ब्राजिलको रियोमा हुने ओलम्पिकका लागि राष्ट्रिय टीममा सामेल नगरेपछि उनको जादु हेर्न नपाइने भएको हो ।
मेसीसहितको अर्जेन्टिनाले सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा स्वर्ण पदक जितेको थियो।
र्जेन्टिनाको फुटबल टीमका प्रशिक्षक गेरार्डो मार्टिनोले रियो ओलम्पिकका लागि आफ्नो टीम तयार गरेका छन् । तर मेसी भने यो टीमबाट बाहिरिएका छन् । मेसीले ओलम्पिक नखेल्ने कुरा पहिले नै तय भइसकेको थियो ।
मेसीले ओलम्पिकको साटो कोपा अमेरिका फुटबल प्रतियोगितामा भाग लिने निर्णय गरेका थिए । रियोमा जाने अर्जेन्टिनाका फुटबल खेलाडीहरुको पुरा सूची आइतबार हुने कोपा अमेरिकाको फाइनल खेलपछि मात्रै बाहिर आउनेछ ।
 आइतबार अर्जेन्टिना र चिलीबीच कोपा अमेरिकाको फाइनल खेल हुँदैछ । तर पनि प्रशिक्षक मार्टिनोले कोपा अमेरिका खेलिरहेका ९ खेलाडीलाई भने रियोका लागि सामेल गरेका छन् ।
मेसीले यसअघि नै रियो ओलम्पिक नखेल्ने पक्का भइसकेको थियो । प्रशिक्षक मार्टिनोले पहिले नै मेसीलाई दुबै प्रतियोगितामा सामेल गर्न नहुने बताइसकेका थिए ।  मेसी सन् २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण पदक जित्नेवाला अर्जेन्टिनाको टीमका सदस्य थिए ।
अर्जेन्टिना सन् २००४ र २००८ मा ओलम्पिक खेलमा फुटबलको स्वर्ण जित्ने देश हो । यो पटक रियोमा पनि अर्जेन्टिना स्वर्ण पदकको दाबेदारका रुपमा रहेको छ। रियोका लागि अर्जेन्टिना समूह-डी मा पोर्चुगल, अल्जेरिया र होन्डुरससँगै रहेको छ ।

Source : www.annapurnapost.com

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top