विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले नेपाली जनताको ठूलो त्याग र तपस्याबाट संविधान निर्माण भएको भन्दै यसलाई कार्यान्वयन गर्न प्रमुख दलले जनताको तपस्या बिर्सनु नहुने बताए ।
यादवले भने, ‘सबैलाई समेट्नेखालको संविधान ल्याउन सफल भएका छौँ, यो जनताको ठूलो बलिदानबाट आएको छ, संविधानको सफल कार्यान्वयन गरेर लागू गर्न दलहरु एकजुट भएर जनताको तपस्यालाई बिर्सनु हुँदैन ।'
डा यादवले संविधान कार्यान्वयन गर्दा हिमाल, पहाड र तराईलाई समेट्नुपर्ने बताए । उनले जुनसुकै विषय पढे पनि राम्रो हुने बताउँदै यो वा त्यो विषयभन्दा देशको सेवा गर्ने शिक्षा आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले मुलुकमा विकास गराउनका लागि व्यवहारमुखी शिक्षा आवश्यक रहेको स्पष्ट पारे । प्रधानले रोजगारमुखी शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमाले अनलाइनलाई नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले २१औँ शताब्दीमा अनलाइनको ठूलो महत्व रहेको भन्दै सही र सत्य सूचना प्रवाह गर्न आग्रह गरे ।
कार्यक्रममा पूर्व राष्ट्रपति यादवले तारकेश्वर नगरपालिकाका माविबाट प्रवेशिका परीक्षामा सम्मिलित भई उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीको सम्मान गरे। रासस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.