३ असार, काठमाडौं । एमाले सांसद रवीन्द्र
अधिकारी हिजोदेखि बधाइ खाएको खाएकै छन् । छोरो एसएलसीमा उच्च नतिजाका साथ
पास भएकोमा उनलाई बधाइ ओइरिएको हो ।
अधिकारीका अनुसार उनका छोरा बिराजले
एसएलसीमा करिब ९० प्रतिशत अंक (३.६ जीआरपी) पाए । उनले मध्यवानेश्वरस्थित
भ्याली भ्यु स्कुलबाट एसएलसी दिएका थिए । छोराको नतिजामा आफू सन्तुष्ट
रहेको अधिकारीले अनलाइनखबरलाई बताए ।
‘मैले छोराको पढाइमा समय दिन सकेको थिइनँ,
मध्यमखालको निजी स्कुलमा पढाएको थिएँ । त्यसमाथि, राजनीतिक व्यक्तिको
परिवारमा पढाइको वातावरण कमजोर हुन्छ । भेटघाट गर्न मान्छेहरु आइरहने
भएकाले पढाइ डिस्टर्व हुन्छ । मेरो छोराको पढाइ स्कुलकै शिक्षक-शिक्षिकाको
जिम्मामा थियो,’ उनले भने ।
अधिकारीले आफ्नो पालाको एसएलसी सम्झे ।
उनले पोखराको शान्ति उदय स्कुलबाट ०४० सालमा एसएलसी दिएका रहेछन् । ‘हाम्रो
पालाको र अहिलेको एसएलसीमा आकाश-जमीनको फरक छ,’ अधिकारी भन्छन्,
‘त्यतिबेला पास हुनु नै ठूलो कुरा थियो, आजकाल ८०-९० प्रतिशत पनि सामान्य
मानिन्छ ।’
आफ्नो एसएलसी रिजल्टका बेला ४-५ दिन
अगाडिदेखि नै खान रुच्न छाडेको उनी सम्झन्छन् । त्यतिबेला रिजल्ट
गोरखापत्रमा मात्रै आउँथ्यो । पोखरा एयरपोर्टमा जहाजबाट एउटा गोरखापत्र
आउँथ्यो । रिजल्ट हुनासाथ एयरपोर्टमा भीड लागिसक्थ्यो । उनी पनि रिजल्ट
आएको थाहा पाएपछि घरबाट दुई घण्टा पैदल हिँडेर एयरपोर्टमा पुगेका थिए ।
‘गोरखापत्र आएपछि सबैले आ-आफ्नो सिम्बोल नम्बर टिपाउनुपथ्र्यो र टावरबाटै पास-फेल तथा डिभिजनको घोषणा हुन्थ्यो,’ अधिकारी सम्झन्छन् ।
फर्स्ट डिभिजनको आशा राखेका अधिकारीले
त्यसबेला सेकेन्ड डिभिजन ल्याए । तैपनि खुशी भए । उनी पढ्ने विद्यालयबाट
एकजनाले फस्र्ट डिभिजन ल्याए भने ६ जना पास भए । मार्कसीट हेर्दा ३ नम्बरले
फस्र्ट डिभिजनबाट वञ्चित भएको थाहा पाएपछि उनी खिसि्रक्क परेका थिए ।
एसएलसीमा बाबुको भन्दा छोराले ३० प्रतिशत
बढी ल्याएका छन् । अधिकारी भन्छन्, ‘तर, छोराको नतिजामा म जति खुशी छु,
मेरो नतिजामा मेरो बुबाआमा त्यत्तिकै खुशी हुनुहुन्थ्यो । उहाँहरु छोराको
रिजल्टमा जति खुशी हुनुहुन्थ्यो, नातिकोमा पनि त्यत्ति नै खुशी हुनुहुन्छ
।’
यद्यपि, छोराको रिजल्ट भएपछि आमालाई कुरो
बुझाउन अधिकारीलाई समस्या पर्यो । ‘सुरुमा त आफैं अलिकति कन्फ्युजनमा
परियो । आफू क्लियर भएपछि आमालाई छोरो सबैभन्दा राम्रो श्रेणीमा पास भयो
भनेर बुझाएँ,’ उनले भने ।
छोरालाई कुन विषय पढाउने त अब भन्ने
प्रश्नमा उनले भने, ‘यो आधारभूत रुपमा छोराले नै निर्णय लिने कुरा हो ।
मैलेचाहिँ पहिलेदेखि नै मेडिकल साइन्सको पछि नदौडिन सल्लाह दिँदै आएको छु ।
उसको रुची इन्जिनियरिङपट्ट िछ । एमबीबीएसको भन्दा इन्जिनियरिङको पढाइ
सस्तो पनि छ । सायद इञ्जिनियरिङ नै पढ्ला ।’
पढ्ने कलेजको छनोट नगरिसके पनि छोराले ३-४
वटा कलेज प्राथमिकतामा राखेको अधिकारीले बताए । ‘तीमध्ये जुनमा नाम
निस्किन्छ, त्यहीँ पढ्छ,’ उनले भने ।
छोरालाई राम्रो कलेजमा भर्ना गराउनका लागि आफूले कुनै भनसुन नगर्ने अधिकारीको भनाइ छ । अधिकारीका दुई छोरा छन् । कान्छा छोरा भर्खर कक्षा २ मा पढ्छन् ।
छोरालाई राम्रो कलेजमा भर्ना गराउनका लागि आफूले कुनै भनसुन नगर्ने अधिकारीको भनाइ छ । अधिकारीका दुई छोरा छन् । कान्छा छोरा भर्खर कक्षा २ मा पढ्छन् ।
फेसबुकमा बधाइ र कटाक्ष
अधिकारीले छोराको रिजल्टबारे अरुको सिको
गर्दै फेसबुकमा पोष्ट गरेपछि १६ सय भन्दा बढीले कमेन्ट गरेका छन् । कमेन्ट
बक्समा बधाइ मात्र छैन, विभिन्न सल्लाह, सुझाव र कटाक्षहरु पनि छन् ।
छविलाल सापकोटा लेख्छन्- ‘बधाइ छ बाबुलाई, तर अब छात्रवृत्तिका लागि भारतीय दुतावास नधाउनुहोला ।’
डुकहरी जीवनले लेखेका छन्- ‘खै नेता
कामरेडहरुका छोरा त एसएलसी पास गरेर नेपालमै केही गर्छन् । बाँकी
सर्वसाधारणका छोरालाई त चार कक्षादेखि अरबी भाषा पढाइदिए हुने थियो, किनकि
खाडी मुलुकमा भाषाका कारणले नेपालीले पाउनु सास्ती पाउँछन् ।’
रुद्र तिम्सिनाले लेखेका छन्, ‘बधाइ … अनि
अब तपाईंको छोरा विदेश पढ्न जाने भए है । नेतालाई नेपालको राजनीतिबाहेक
अरु त यहाँको राम्रो लाग्दैन नि ।
Source : www.onlinekhabar.com
Post a Comment