Latest News

0
काठमाडौँ, ९ असार । नयाँ बसपार्कस्थित बिजी मलमा यही असार १ गतेदेखि सुरु भएको मोबाइल एक्स्पोमा अहिलेम्म रु ५० लाखभन्दा बढीको कारोबार भइसकेको आयोजकले जनाएका छन् ।
Image result for mobile expo
मोबाइलका पारखीलाई लक्षित गरी आयोजना गरिएको उक्त मोबाइल एक्स्पोमा २५ हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् । ‘हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजनासहित आयोजना गरेको उक्त बिजी मलले मोबाइल एक्स्पोमा सबै फेन्सी पसलबाट सामान खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन् ।
मलका अध्यक्ष वासु गिरीले एक्स्पोमा राखिएका विभिन्न उपहारका प्याकेजले पनि मोबाइलका पारखीलाई आकर्षित गरेको बताउनुभयो । एक्स्पो अवधिमा मलमा आउने ग्राहकमध्ये दुई जनाले दैनिकरुपमा लक्की ड्रमार्फत स्मार्टफोन पाउनेछन् । यसक्रममा १६ जनाले मोबाइल सेटसमेत उपहारस्वरुप प्राप्त गरिसकेका छन् । एक्स्पो यही असार ११ गतेसम्म चल्नेछ । रासस

Source : www.np.sabkura.com

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top