राजविराज, १० असार । यहाँ लगातार वर्षा भएपछि खाँडो खोलामा आएको बाढीले सप्तरीको राजविराज–कुनौली सडकखण्ड अवरुद्ध भएको छ ।
राजविराजदेखि दक्षिण दश किलोमिटरको बाटो पर्ने तिलाठी–८ स्थित निर्माणाधीन पुलमाथिबाट पानी बगेपछि सडक अवरुद्ध भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
राजविराजदेखि दक्षिण दश किलोमिटरको बाटो पर्ने तिलाठी–८ स्थित निर्माणाधीन पुलमाथिबाट पानी बगेपछि सडक अवरुद्ध भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
एक्कासि बाटो अवरुद्ध भएपछि सदरमुकामबाट भारतीय बजार कुनौली सामान
किनमेलको लागि जाने व्यापारी पुलमाथिबाट पानी चलेको देखेपछि बीचाबाटै
फर्किनु परेको राजविराजका एक व्यापारी बताउनुहुन्छ ।
मानिस र व्यापारीको आवतजावत रोकिएपछि तिलाठस्थित बेलही भन्सारमा राजस्व असुलीसमेत प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ । रासस
Source : www.np.sabkura.com
Post a Comment