आव २०७२÷७३ को हालसम्म अनुमति पत्र लिने व्यापारी २४४, नियमित जाँच पास नवीकरण गर्ने एक हजार ९५, जरिवाना असुलेको व्यापारी ९०२, नवीकरण गरेका पेट्रोलपम्प २७१ रहेका छन् भने नियमित अनुगमनमा परेका फर्म ११६, संयुक्त अनुगमनमा परेका पसल २६ वटा रहेको बताइएको छ ।
डिजिटल तराजु नभएका पसलमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था भएको, जाँचपास गरी डिजिटल तराजु र ढक प्रयोग गर्नु पर्ने कानुनी प्रक्रिया रहे पनि यहाँका केही सुनचाँदी पसलले पुरानै ढक तथा डिजिटल तराजु राखी उपभोक्ता ठग्दै आएका अनुगमनका क्रममा पाइएको छ । समयमा फर्मको नवीकरण नगर्ने, डिजिटल तराजु ढक, लिटर, कपडा नाप्ने मिटरको नवीकरण नगर्ने व्यापारीलाई नापतौल ऐन २०२५ अनुसार कारबाही गरिने कार्यालयले जनाएको छ । रासस
Source : www.np.sabkura.com
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.