Latest News

0
चितवन, १० असार । भरतपुर उपमहानगरपालिका वडा नं ९ शिवालय चोकमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर उपमहानगरपालिका वडा नं ८ गौरीगञ्ज निवासी ४५ वर्षीया सीता कँडेलको ट्रकको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको हो । कँडेल नेपाल महिला सङ्घको भरतपुर उपमहानगरपालिका वडा नं ८ की नवनिर्वाचित सभापति हुनुहुन्थ्यो ।
मोटरसाइकल चालक कँडेलका श्रीमान् ५३ वर्षीय तुलसीराम गम्भीर घाइते हुनुभएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भरतपुरको हाकिमचोकबाट आनन्दचोकतर्फ जाँदै गरेको ना३ख ५४७४ नंको ट्रकले विपरीत दिशातर्फबाट आउँदै गरेको ना२३प ७८७३ नंको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

Source : www.np.sabkura.com

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top