रत्ननगर (चितवन), ७ असार । भरतपुर अस्पतालले थालेसिमिया(रगतको गडबडीबाट हुने रोग) का ५२ बिरामीलाई निःशुल्क उपचार दिन थालेको छ ।
भरतपुर
अस्पताल विकास समितिले आफ्नै खर्चमा निःशुल्क सेवा दिन थालेको हो ।
थालेसिमियाका बिरामी १५÷१५ दिनमा उपचारका लागि अस्पताल आउनुपर्छ ।
अस्पतालले प्रतिपोका रु ८५० पर्ने रगत महिनामा दुई पोकाका दरले उपलब्ध
गराउँदै आएको अस्पतालका सामाजिक सेवा प्रमुख नारायण सापकोटाले जानकारी
दिनुभयो ।
बिरामीलाई औषधि पनि निःशुल्क रूपमा नै वितरण गर्ने गरिएको छ
। बिरामीलाई परिचयपत्र दिइएको र सोही आधारमा सेवा पाउने छन् । अस्पतालले
थालेसिमियाका बिरामीलाई चढाएको रगतको पैसा ब्लड बैंक भरतपुरलाई दिने गरिएको
छ । “वार्षिक रुपमा करिब रु पाँच लाख रकम खर्च हुन्छ” – अस्पतालका सहायक
लेखापाल कृष्ण शर्माले जानकारी दिनुभयो ।
अस्पतालका मेडिकल
सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले बोनम्यारो ट्रान्सप्लान्ट यस
रोगको अन्तिम उपचारको विकल्प हो, तर उक्त सेवा नेपालमा नै उपलब्ध नभएको र
बिरामीलाई विदेशमा गर्न महँंगो भएकाले वैकल्पिक रूपमा मासिक रगत
हाल्नुपर्ने हुन्छ भन्नुभयो । अस्पतालमा एक वर्षको शिशुदेखि ४५ वर्ष
उमेरसम्मका थालेसिमियाका बिरामीले उपचार लिँदै आएका छन् भरतपुर अस्पतालका
फिजिसियन डा भोजराज अधिकारीले हेमोग्लोबिन बनाउने क्रोमोजोममा हुने
गडबडीबाट यस्तो समस्या आउने बताउनुभयो । रासस
Source : www.np.sabkura.com
Post a Comment