आर्सनल जाने विकल्पलाई अन्त्य गर्दै जेमी डर्भीले प्रिमियर लिग च्याम्पियन लिसेस्टरसँग चार वर्षे नयाँ सम्झौता गरेका छन् ।
इंग्ल्याण्डका २९ वर्षे स्ट्राइकरले गत
सिजन २४ गोल गरे र लिसेस्टरलाई प्रिमियर लिगको उपाधि दिलाए । उनी अहिले
इंग्ल्याण्डको टिमबाट युरोकप खेलिरहेका छन् ।
भर्डीलाई भित्र्याउन आर्सनलले इच्छा
देखाएको थियो । तर, भर्डी भने किङ पावर स्टेडियमप्रति प्रतिवद्ध देखिएका
छन् र साप्ताहिक १ लाख पाउण्डको सम्झौतामा गरेका छन् ।
लिसेस्टरले वक्तव्य जारी गर्दै भर्डीसँग चार वर्षे सम्झौता भएको जानजकारी दिएका छन् ।
Source : www.onlinekhabar.com
Post a Comment