यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो।
पनिकाले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो।
ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये
विद्यार्थीको प्राप्तांक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन
गरिएको परीक्षा नियन्त्रक कृष्ण काप्रीले बताए।
परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल
६ लाख १५ हजार ५ सय ५३ जना सहभागी थिए। पनिकाको तथ्यांकअनुसार यस वर्ष
छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए।
कुल परीक्षार्थीमध्ये गणितमा २३ हजार ३ सय ३४ जना परीक्षार्थीले ए प्लस
ग्रेड ल्याउँदा विज्ञानमा भने ६ हजार ८ सय २७ जना परीक्षार्थीले मात्र ए
ग्रेड प्राप्त गरेका छन्। त्यस्तै गणित विषयमा २३ हजार ७ सय १७ जना
परीक्षार्थीको ए ग्रेड आएको छ भने विज्ञानमा २० हजार ९ सय ७० जना
परीक्षार्थीले मात्र ए ग्रेड प्राप्त गरेका छन्।
२४ हजार ५ सय ५३ जना परीक्षार्थीले गणितमा बी प्लस प्राप्त गर्दै गर्दा
विज्ञानमा भने २३ हजार २ सय ८ जना परीक्षार्थीले बी प्लस प्राप्त गरेका
छन्।
गणितमा २९ हजार २ सय ५६ जनाले बी, ३३ हजार ३ सय १८ जना परीक्षार्थीले सी
प्लस, ४४ हजार १ सय ५४ जनाले सी ग्रेड, ५३ हजार २ सय ६१ जनाले डी प्लस, ५८
हजार ६ सय २९ जनाले डी र १ लाख ४६ हजार ९ सय ३५ जनाले ई ग्रेड ल्याएको
परीक्षा नियन्त्रण कार्यालले जनाएको छ।
त्यस्तै विज्ञान विषयमा ३२ हजार ८ सय ४९ जना परीक्षार्थीले बी ग्रेड, ३४
हजार ३ सय ५३ जनाले सी प्लस, ५५ हजार ८ सय ४२ जना परीक्षार्थीले सी ग्रेड,
६७ हजार ८१ परीक्षार्थीले डी प्लस, ८५ हजार ६ सय २५ जना परीक्षार्थीले डी र
१ लाख १० हजार २ सय ७४ जना परीक्षाथीले ई ग्रेड प्राप्त गरेको कार्यालयले
जनाएको छ।
Source: setopati.com
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.