काठमाडौँ, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी
केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आज समसामयिक राजनीतिक विषयमा छलफल
भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान
कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्हाकार प्रमोद
दाहालले राससलाई जानकारी दिनुभयो ।
देउवा–दाहाल भेट
यसअघि
अध्यक्ष दाहालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उहाँको निवास
बूढानीलकण्ठ पुगेर भेट गर्नुभएको थियो । उहाँहरुबीच समसामयिक राजनीतिक
विषयमा कुराकानी भएको थियो । रासस
Source : www.np.sabkura.com
Post a Comment