साजिद-फरहाद निर्देशित चलचित्र
‘हाउसफूल-३’ले बुधवार घरेलु बजारमा सय करोड कमाई गरेको छ । इण्डिया
थिएट्रिकल इरोस इन्टरनेशनल मिडिया लिमिटेडका वरिष्ठ उपाध्यक्ष नन्दु
आहुजाले एउटा बयानमा भनेका छन्-‘हामी खुसी छौं, हाउसफुल-३ ले बक्स अफिसमा
यति राम्रो ब्यापार गर्यो ।’
अक्षय कुमार, अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलिन फर्नाडिस, नर्सिस
फाखरी, लीजा हेडन लगायतका कलाकारले यस चलचित्रमा अभिनय गरेका छन् । यो वर्ष
सय करोड पार गरेको अक्षय कुमारको यो दास्रो चलचित्र हो । यसअघि
‘एयरलिफ्ट’ले एकसय करोड कमाई गरेको थियो ।
Source : www.onlinekhabar.com
Post a Comment