चितवन, १० असार । भरतपुर उपमहानगरपालिका वडा नं ९ शिवालय चोकमा आज बिहान
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक कँडेलका
श्रीमान् ५३ वर्षीय तुलसीराम गम्भीर घाइते हुनुभएको छ । उहाँको चितवन
मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भरतपुरको
हाकिमचोकबाट आनन्दचोकतर्फ जाँदै गरेको ना३ख ५४७४ नंको ट्रकले विपरीत
दिशातर्फबाट आउँदै गरेको ना२३प ७८७३ नंको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
Source : www.np.sabkura.com
Post a Comment